विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति

  २०८१ असार १९ गते १९:००     विकासन्युज

झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार ९ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।

हावाहुरीबाट २ करोड ७६ लाख ४० हजार, बाढीबाट १ करोड ५० लाख, आगलागीबाट ९ करोड ८३ लाख ६ सय र चट्याङले ८ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

त्यस अवधिमा बाढीबाट ९ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.