२०८१ असार २० गते ७:५५ विकासन्युज
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा बिहीबार बस्दैछ । सभा काठमाडौं नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे बस्नेछ ।
उक्त विशेष सभाले सञ्चालकहरूको नियुक्ति र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै विशेष सभामा सहभागी हुन योग्य हुनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.