बाँकेमा अभियुक्त समाउन प्रहरीले गोली चलायो

  २०८१ असार २० गते १३:४५     विकासन्युज

काठमाडौं । बाँकेमा अभियुक्त समाउन प्रहरीले गोली चलाएको छ । प्रहरीले डुडुवा गाउँपालिका-६ शिखनपरुवामा चोरी मुद्दामा ६ वर्ष सजाय पाएका सरमानसिंह सरदारलाई गोली हानेर पक्राउ गरेको हो ।

अभियुक्त सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् भने स्थानीय ३० वर्षीय नानक सिंह शिख र सरदारलाई गोली लागेको छ । उनीहरूको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.