७७ जिल्लाका टपरलाई मिड भ्याली कलेजले छात्रवृत्ति दिने

  २०८१ असार २० गते १६:०६     विकासन्युज

भक्तपुर । ७७ जिल्लाका टपरलाई मिड भ्याली कलेजले छात्रवृत्ति दिने भएको छ । भक्तपुरको नयाँ ठिमीमा रहेको मिड भ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रत्येक जिल्लाका उत्कृष्ट (टपर) १ जना छात्र र १ जना छात्रालाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो ।

एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिड भ्याली ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम ल्याएको छ । जसमा प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट १र१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.