मेघा हस्पिटल समृद्धि फाइनान्सका ग्राहकहरुलाइ छुट

  २०८१ असार २० गते १७:५०     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र मेघा हस्पिटलबीच समझदारी भएको छ । बिहीबार समृद्धि फाइनान्स कम्पनीले बिहीबार मेघा हस्पिटल सानेपा, काठमाडौंसँग समझदारी गरेको हो ।

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले २०८१ असार २१ देखि २०८३ असार २० गते सम्म समृद्धि मोबाइल बैकिङ र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटल सानेपा, काठमाडौंमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक किशोर जंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.