मैलुङखोला जलविद्युतको लकइन अवधि साउन २६ गते सकिने

  २०८१ असार २१ गते ७:३७     विकासन्युज

काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको लकइन अवधि आगाामी साउन २६ गते सकिने भएको छ ।

कम्पनीकोे संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको लकइन अवधि साउन २६ गते सकिने भएको हो ।

कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीयको सेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको सेयर लकइनमा रहेको छ ।

लकइन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७४ साल जेठ १७ देखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साल साउन १४ देखि १९ गतेसम्म सर्वसाधारणमा (कर्मचारी समेत) मा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २०७८ साल साउन २६ गते सेयर बाँडफाँड गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.