हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युतद्वारा बुक क्लोज मिति तय

  २०८१ असार २१ गते ८:१३     विकासन्युज

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तोकेको छ ।

कम्पनीले हकप्रद निष्कासन गर्न आगामी साउन १ गते बुक क्लोज मिति तोकेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १९ गते हकप्रद निष्कासनका लागि अनुमति दिएको थियो ।

यसका आधारमा असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर १ः१.५ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.