एनसीएचएलको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?

  २०८१ असार २१ गते ८:३६     विकासन्युज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३१ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि आजदेखि लिलामीमार्फत बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

बोलपत्र आवेदन पेस गर्दा इन्छुक संस्थापक सेयरधनीले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

उक्त सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति असार २५ गते रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.