सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट

  २०८१ असार २१ गते ९:४०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटी पार्लरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस विषयमा सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटी पार्लर बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार देशभर रहेका १३ हेयर एन्ड शान्ति ब्युटी पार्लरका शाखाहरूबाट सेवा लिए बापतको भुक्तानी बैंक कार्ड वा मोबाइल बैंकिङ मार्फत गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।

यस सम्झौताबाट नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.