मधेशमा चार दलका ६ मन्त्री बर्खास्त

  २०८१ असार २२ गते १३:४३     विकासन्युज

जनकपुरधाम। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेका हुन् ।

अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री बखार्स्त भएका छन् ।

६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । आजै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ ।

मुख्यमन्त्री सिंहले राष्ट्रिय समिकरणअनुसार सबै प्रदेशमा परिवर्तन हुने अवस्था रहेको र मधेस प्रदेशमा आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणका हिसाबले प्रदेश सरकार गठन भएको बताए ।

उनले प्राविधिक समस्या भएकाले राजीनामा नदिइकन बसेकाले बर्खास्त गर्नुपरेको बताए । उनले कुनै पनि मन्त्रीले असहयोग नगरेको पनि बताए ।

मुख्यमन्त्री सिंहले मन्त्रीहरूकै सहमतिमा बर्खास्ती गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.