बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन

  २०८१ असार २२ गते १७:३३     विकासन्युज

लमजुङ । पहिराले शनिबार बिहानैदेखि अवरुद्ध बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन भएको छ ।

बेँसीसहर नगरपालिका-६ खरखरेभीर र मर्स्यांदी गाउँपालिका-४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए ।

बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.