तेह्रथुम पावरको लकइन अवधि साउन २७ गते सकिने

  २०८१ असार २४ गते ८:१३     विकासन्युज

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको लकइन अवधि आगामी साउन २७ गते सकिने भएको छ ।

कम्पनीले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि साउन २७ गते सकिने भएको हो ।

लकइन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेतमा) मा निष्कासन तथा बिक्री खुला गरेको आईपीओ भदौ २५ गते बाँडफाँड गरेको थियो ।

कम्पनीको हाल २८ लाख कित्ता संस्थापक सेयर, ४ लाख कित्ता स्थानीय बासिन्दाको सेयर र १६ हजार कित्ता कर्मचारीको सेयर लकइनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.