नेपाल एसबिआई बैंकले मनायो ३१औं वार्षिकोत्सव

  २०८१ असार २४ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले ३१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिबारे चर्चा गरे ।

उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिए ।

प्रमुख सञ्चालन अधिकृत यादवेद्र कान्तले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.