एआइपोर्ट्रेट मास्टर : अनर २०० सिरिज नेपालमा जुलाईमै भित्रिँदै

  २०८१ असार २५ गते १०:२५     विकासन्युज

काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपाल एकपछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ । आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल अनर २०० सिरिजको लन्चको घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

अनर २०० र अनर २०० प्रो समावेश अनर २०० सिरिज, अनर २०० र अनर २०० प्रो समाबेश अनर २०० सिरिज, अघिल्लो अनर९० सिरिजका उत्तराधिकारीहरू हुन जो थप एआई सुविधाहरू सहित थप अपग्रेड भएर आएका छन् ।

‘द एआइपोर्ट्रेट मास्टर’ ट्यागलाइन पाएको अनर २०० सिरिजले हार्कोर्ट स्टुडियो नामक सबैभन्दा महँगो स्टुडियोसँग सहकार्य गरेको छ । मानिसहरूले प्रिमियम पोर्ट्रेट शूटको अनुभव फोन बाट नै लिन सक्नेछन् । यो नवीनतम फोनमा टेलीफोटो क्यामेराको साथ नवीनतम स्न्याप ड्रागन चिप फिचर छ ।

अनर २०० प्रो दुई रंगमा उपलब्ध हुनेछ जबकि अनर २०० मुनलाइट, ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ। जुलाईको दोस्रो हप्तामा लन्चिङ कार्यक्रमको साथ सुरू हुने विश्वास गरिन्छ जहाँ मूल्य र प्रि-बुकिङ अफरहरू जानकारी गराउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.