‘म कोट लगाउँदै चिटिक्क परेर नीति बनाउँदिन, मार्केट घुमेर निर्णय लिन्छु’

  २०८१ असार २५ गते १७:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीति निर्माताहरु कोट लगाएर चिटिक्क परेर नीति बनाउँछन् भन्ने विषयको खण्डन गर्दै आफू त्यस्तो व्यवहारको नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिमा सुझाव दिनका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अन्तक्रिया कार्यक्रममा सहभागी एक व्यवसायीले कोट लगाएर, चिटिक्क परेर नीति बनाउनेहरुका कारण समस्या भएको प्रश्न फ्लोरबाट गरेका थिए । सो प्रश्नको अण्डन गर्दै उनले आफू त्यस्तो व्यवहारको नभएको बताएका हुन् ।

‘कोट लगाउनेले मात्रै नीति बनाउँदैनन्, आज मात्रै काठमाडौंमै सञ्चालित एउटा उद्योगमा तीन घण्टा घुमेर आएको छु, त्यो उद्योगले २ अर्ब रुपैयाँको कारोबार छु, उद्योगमा महिला दिदीबहिनीहरुले पनि काम गरिरहनु भएको थियो, म बजार घुमेर नीति बनाउँछु,’ उनले भने ।

यस्तै, उनले आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने साना व्यवसायीलाई बैंक्ले आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लिने गरेको जानकारी गराए । बैंकलाई पनि सोही किसिमले परिपत्र गरेको उनको भनाइ छ ।

‘बैंकले ग्राहकलाई मर्का पर्ने काम गरेको छ भने अध्ययन गर्नका लागि उपभोक्ता हित संरक्षण विभाग नै बनाएर काम गरिरहेका छौं, कुनै गुनासो छ भने तत्काल राष्ट्र बैंकलाई जानकारी गराउँदा हुन्छ,’ उनले भने ।

उनले साना ऋणीलाई चालु पुँजी कर्जा मार्गदर्शन नलाग्ने प्रष्ट पारे । ‘चालु पुँजी कर्जा मार्गदर्शन १ करोडभन्दा मुनिको कर्जामा लाग्दैन, १ करोड ऋण भनेको धेरै हो, हामीले पनि ऋण लिन्छौं, १ करोड ऋणको किस्ता कति तिर्नुपर्छ भन्ने हामीलाई पनि थाहा छ, त्यसैले यो नीतिले साना ऋणीलाई समस्या गर्दैन,’ उनले भने ।

राष्ट्र बैंकले कुन कुरामा बाँधेको छ, त्यो डोरी देखाउन पनि आग्रह गरे । राष्ट्र बैंक डोरी फुकाउन तयार रहेको उनको भनाइ छ । कृषि राष्ट्र बैंकको प्राथमिकताको क्षेत्र भएकोले राष्ट्र बैंकले पनि प्रत्यक्ष लगानीको क्षेत्रका रुपमा राखेको बताए ।

यस्तै, उनले भारतीय पर्यटकलाई नपालमा २५ हजारको नगदको सीमा नरहेको जानकारी गराए । विगतमा ५ सय र एक हजारका नोट निरुत्साहितका लागि सो नीति बनाएको भए पनि अहिले खारेज भएपछि त्यो सीमा नभएको धारणा राखे । भारतीय पर्यटकले डिजिटल बैंकिङ तथा क्यूआरमार्फत् पनि कारोबार गरिरहेकोले नगद आवश्यक नपरेको उनको भनाइ छ ।

यस्तै, उनले अब छिट्टै अलि पे, लंका पेसँग सम्झौता गरेर डिजिटल क्रस ब्रोडरको व्यवस्था गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.