साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम बोनसदर ७० रुपैयाँसम्म निर्धारण

  २०८१ असार २६ गते ९:०१     विकासन्युज

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को  नयाँ बोनसदर सार्वजनिक गरेकाे छ ।

कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन तथा बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत असार २३ गते स्वीकृत गरेको थियो ।

कम्पनीले २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरूमा आव २०७९/८० का लागि नयाँ बोनसदर कायम गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने निर्णय गरेको छ ।

सावधिक तथा आजीवन जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

त्यसैगरी कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा बीमितलाई बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति योजना) मा कम्पनीले बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनस दिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.