नेक्सजेन म्यानेजमेन्ट र अर्कबो टेकबीच व्यापारिक साझेदारी 

  २०८१ असार २६ गते १०:३४     विकासन्युज

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स र अर्कबो टेक (आइटी कम्पनी) बीच व्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ । नेक्सजेन म्यानेजमेन्टको मैतिदेविस्थित कर्पोरेट कार्यालयमा सोमबार सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र अर्कबो टेकको तर्फबाट संस्थापक र सञ्चालक भुषण गिरीले हस्ताक्षर गरे । सम्झौता पश्चात अर्कबो टेकको व्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काम गर्नेछ । यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ ।

अर्कबो टेकले आवश्यक सफ्टवेयर विकसित गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरी दुबै कम्पनी बीच साझेदारी भएको अर्कबो टेकका सञ्चालक भुषण गिरीले बताए । सम्झौता अनुसार, नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर अर्कबो टेक्नोलोजीको सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलाई व्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ ।

‘पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले सञ्चालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ । नेपालभित्र पनि विभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, सञ्चालित कम्पनिलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उद्योग र बैंकरबीचमा समन्वय गर्न तथा कम्पनीहरूको योजनाअनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको अवगत गराउन चाहन्छौं’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.