मेटलाइफ इन्स्योरेन्सले सिंगापुरमा पायो २ वटा अवार्ड

  २०८१ असार २६ गते १०:५८     विकासन्युज

सिंगापुर । वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डबाट सम्मानित भएको छन् । वान बाइ मेटलाइफ एपले मंगलबार सिंगापुरमा आयोजित नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको हो ।

यस एपलाई दुई उच्च प्रतिस्पर्धात्मक विधाः डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपालमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा अवार्ड ग्रहण गर्न, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरू मार्फत आफ्ना ग्राहकहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने बीमा कम्पनीहरूलाई सम्मान गर्दै आएको छ । यस वर्षको जूरी सदस्यहरूको प्यानलमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न कम्पनीहरूका उद्योग विशेषज्ञहरू समावेश थिए ।

मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, ‘वान बाइ मेटलाइफले प्रयोगकर्ताहरूलाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर, र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच प्रदान गरेर विश्वास र संलग्नता जितेको छ । एपले प्रयोगकर्ताहरूलाई आफ्नो बीमा कभरेज अनलाइन व्यवस्थापन गर्न सजिलो र सुविधाजनक बनाउँछ । यस सम्मानले हाम्रा ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि राम्रो समाधानहरू प्रदान गर्ने हाम्रो अभियानलाई अझ उत्प्रेरित गरेको छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.