दोलखामा निर्माणाधीन ७० मेगावाटका दुई जलविद्युत आयोजना बाढीले क्षतिग्रस्त

  २०८१ असार २६ गते १४:०१     विकासन्युज

काठमाडौं । बाढीका कारण दोलखाको मार्बुस्थित खानीखोलामा निर्माणाधीन दुई जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन् ।

दोलखाको मार्बुस्थित खानीखोला करिडोरमा निर्माणाधीन ग्रिन लाइफ इनर्जीद्वारा प्रवर्द्धित ४० मेगावाटको खानी खोला–१ र साशा इन्जिनियरिङ हाइड्रोपावरद्वारा प्रवर्द्धित ३० मेगावाटको खानीखोला जलविद्युत आयोजनाको बाँध, डिसेन्डर (बालुवा थिग्रयाउने पोखरी) लगायतका संरचना पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै क्याम्पहासयमा समेत क्षति भएको आयोजनाले जानकारी दिएका छन् ।

ग्रिन लाइफ इनर्जी नेप्सेमा सूचिकृत कम्पनीसमेत हो । आयोजनाको ९० प्रतिशत काम सम्पन्न हुँदा फेरि बाढीले क्षति भएपछि आयोजना सञ्चालनमा आउन अझै ढिलाइ हुने भएको छ ।

One comment on "दोलखामा निर्माणाधीन ७० मेगावाटका दुई जलविद्युत आयोजना बाढीले क्षतिग्रस्त"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.