२०८१ असार २७ गते ७:३३ विकासन्युज
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ ।
लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ ।
साथै, डाटा माइग्रेशन प्रयोजनका लागि बुधबार दुईवटै संस्थाले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.