सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

  २०८१ असार २७ गते ७:५१     विकासन्युज

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणस भाबाट पारित भएको उक्त बोनस सेयर वितरण गरेको हो ।

पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् ।

पुस १५ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.