अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न

  २०८१ असार २७ गते १०:०३     विकासन्युज

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश दिन असफल भएको छ ।

सभाले स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक सेयरधनीतर्फ भीमलाल पौड्याललाई नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको छ । साथै, रिक्त रहेको सर्वसाधारण तर्फको सञ्चालक पदमा ईन्द्रप्रसाद लामिछानेलाई चयन गरेको छ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.