गृहमन्त्री लामिछानेको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहकै कर्मचारी पक्राउ

  २०८१ असार २७ गते १५:२९     विकासन्युज

गृहमन्त्री गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब भएको आरोपमा गृहकै कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गृहमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत निर्मल विष्ट छन् ।

विष्टले ‘गृहमन्त्री लामिछाने, उनको सचिवालय र गृह सचिव अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते -शुक्रबार_ थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले मंगलबार विष्टलाई सेवाबाट हटाएका थिए ।

जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीको निर्देशनपछि प्रहरीले उनलाई मन्त्रालयबाटै नियन्त्रणमा लिएको हो ।

भिजिट भिसामा गैरकान’नी रूपमा मान्छे पठाउने काम गरिरहेको सूचनापछि थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.