नेप्से परिसूचक २२ सय विन्दुमाथि, ७ अर्ब बढीको सेयर कारोबार

  २०८१ असार २७ गते १५:५२     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबर पनि उकालो लागेको छ ।  बिहीबार नेप्से परिसूचक २९.२१ अंकले उकालो लागेर २ हजार २ सय ४.६१ मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९० अंकले उकालो लागेर तीन सय ९१.६६ मा पुगेको छ । बिहीबार कुल २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।

बलेफी हाइड्रोपावर९.९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन् ।

यस्सतै माज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, एनएमबी-५० ४.१३, सेञ्चुरी डिबेञ्चर ३.९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.