ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाको उम्मेदवारी

  २०८१ असार २८ गते ८:५९     विकासन्युज

काठमाडाैं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।

परिषद्को यही असार ३१ गते हुन लागेको २८ र २९औं साधारणसभा एवम् अधिवेशनका लागि बिहीबार परिषद्का वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुव्र अधिकारीले उम्मेदवारी दिएका हुन् ।

यस्तै, तीन उपाध्यक्ष पदका लागि सहदेव ९विमल० धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईंले जानकारी दिइन् ।

यस्तै, सचिवमा पुण्यराम लागेजु र दिलिप (मिलन) कंडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ ।

सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाई, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रंजयमान प्रधान, नविन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रसाईंले बताइन् ।

निर्वाचनमा एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.