ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

  २०८१ असार ३१ गते ७:३६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो ।

साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.०५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.