जनतालाई राहत दिने कुरामा जोड दिएर काम गछौं : उपप्रधानमन्त्री सिंह

  २०८१ असार ३१ गते १७:२१     विकासन्युज

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरुले काम गर्ने बताएका छन् ।

सोमबार शितल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनले प्रतिवद्धता व्यक्त गरेका हुन् । जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरुलाई राहत दिने कुरामा जोड दिएर अघि बढनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो । उनले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि जानकारी दिए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले हामीहरुले यो मन्त्रालयमा म आईसकेपछि यो सहरी विकास मन्त्रालय भएको कारणले गर्दा नेपालको शहरहरुलाई व्यवस्थित गर्नका लागि र अहिलेको आधुनिक मान्यता अनुरुप जनताको चाहना अनुरुप सुविधादिन लायक सहर बनाउनको लागि यो मन्त्रालयको काम, कर्तव्य र अधिकार जे छ, त्यसको सीमा भित्र बसेर यो कामलाई अघि बढाउनेतिर लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.