सुनको मूल्यमा नयाँ कीर्तिमान

  २०८१ साउन १ गते ११:१५     विकासन्युज

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । यससँगै नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च बिन्दु हासिल गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो । यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । सोमबार चाँदी १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.