२०८१ साउन १ गते ११:३१ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आग्रह गरेको छ । महानिर्देशकस्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आग्रह गरिएको हो ।
विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् ।
नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ ९दोस्रो संशोधन २०७१० को दफा १६ को उपदफा (२० तथा ९३) बमोजिम सूचीकृत हुन १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो ।
यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.