नवीकरणीय ऊर्जाका स्रोत प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध

  २०८१ साउन २ गते ८:००     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् ।

परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएकाले आफूहरू सरकारसँग निकट रहेर यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग पनि भेट

परिसङ्घको टोलीले मंगलबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पनि भेट गरेको थियो । मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए । यस क्षेत्रको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिकाबारे लिखित रूपमै सुझाव उपलब्ध गराउन उहाँले निजी क्षेत्रलाई आग्रह गरे ।

परिसङ्घअन्तर्गतको नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका महासचिव दीपक गौतमले देश विकासका लागि नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । नेपाल नवीकरण ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरे ।

परिसङ्घले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालसँग पनि भेटगरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रका प्राथमिकताबारे ध्यानाकर्षित गराएको छ ।

One comment on "नवीकरणीय ऊर्जाका स्रोत प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.