यो वर्ष शिक्षक सेवा आयोगको कुन तहको परीक्षा कहिले ?

  २०८१ साउन २ गते १३:२१     विकासन्युज

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि शिक्षक पदपूर्ति कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि आवेदन माग गरिनेछ । फागुनमा निम्न माध्यमिक तहका लागि विज्ञापन खुल्नेछ भने प्राथमिकत तहका लागि वैशाखमा आवेदन माग गरिने छ ।

पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै निम्न माध्यमिक तहको भने वैशाख र असारमा परीक्षा हुने कार्यतालिका छ । प्राथमिक तहको जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नै नतिजा प्रकाशन गर्ने तयारी आयोगले गरेको छ ।

अध्यापन अनुमतिपत्रअन्तर्गत माध्यमिक तहका लागि आगामी साउनमा आवेदन माग गरिने छ । अनुमतिपत्रको परीक्षा असोजमा गर्ने कार्यतालिका छ ।

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा कात्तिकमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.