२०८१ साउन ३ गते ६:३१ विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट एकैपटक १० जना संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर एकैपटक १० जना बाहिरिने भएका हुन् ।
बैंकका अनुसार विभिन्न १० जना संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्री गर्न चाहेका छन् । ती सेयरधनीहरूले ३ लाख २८ हजार ९८० कित्ता सेयर बिक्रीमा राखिको बैंकले जनाएको छ ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्न आवेदन दिनुपर्नेछ । यदि संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिद नभएको खण्डमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.