२०८१ साउन ४ गते ८:३३ विकासन्युज
काठमाडौं । रन्जना ट्रेड सेन्टर प्रालिले सिनेमा हल बिक्रीमा राखेको छ । काठमाडौंको न्यरोडस्थित रहेको रन्जना ट्रेड सेन्टरले आफ्ना तीन वटा सिनेमा हल भाडामा बिक्री गर्ने भएको हो ।
रन्जना सिनेप्लेक्स प्रालिको सञ्चालक समितिको निर्णय बमोजिम रन्जना ट्रेड सेन्टर भवनमा रहेका ३ वटा सिनेमा हल भाडामा दिने भएको हो । भाडामा लिई संचालन गर्न ईच्छुक कम्पनीले १५ दिनभित्र गोप्य शिलवन्दी बोलपत्र पेस गर्न आग्रह गरेको छ ।
उक्त तीनवटा हल रन्जना ट्रेड सेन्टर भवनको पाँचौं र छैटौं तल्लामा छन् । कम्पनीका अनुसार हल नं. १ को सिट क्षमता २५१, हल नं. २ को सिट क्षमता ११८ र हल नं. ३ को सिट क्षमता १६४ रहेको छ । हलको न्यूनमत मासिक भाडा १५ लाख रुपैयाँ तोकिएको छ । साथै हल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा भाडामा लगाइने कम्पनीले जनाएको छ ।
रितपूर्वक प्राप्त बोलपत्र १६औँ दिनको १२ बजेसम्म खोलिने छ । मासिक भाडा रकमको १० प्रतिशत प्रतिशनले हुन आउने रकम रन्जना सिनेप्लेक्स प्रालिको नाममा रहेको प्रभु बैंकमा जम्मा गर्नुपर्नेछ ।
साथै कम्पनीले भूमिगत तल्ला १ र तल्ला २ मा रहेको पार्किङ पनि भाडामा दिने भएको छ । उक्त सवारी पार्किङस्थल मासिक १५ लाख रुपैयाँमा भाडामा दिने भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.