निफ्रा बैंकका अधिकांश सूचकमा गिरावट, वितरणयोग्य नाफा ७०.७२ करोड रुपैयाँ

  २०८१ साउन ७ गते ६:४४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशत घटेर १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेर २ अर्ब ५४ कारेड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ, सञ्चालन आम्दानी ६.८६ प्रतिशत घटेर २ अर्ब ५६ करोड १ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेर १ अर्ब ९० करोड १० लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ । बैंकको निक्षेप ६.९३ प्रतिशत घटेर ८२ करोड ९८ लाख रुपैयाँ र कर्जा लगानी ४ प्रतिशत बढेर २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३९ पैसा घटेर ६.१६ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३.७० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.