नेपाल लाइफ क्यापिटलको सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

  २०८१ साउन ७ गते ७:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ क्यापिटलले सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले साउन ८ गतेदेखि अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले ४ लाख ३८९ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले साउन २२ गतेसम्म आवेदन दिनुपर्नेछ ।

क्यापिटलको १०औं बार्षिक साधारण सभाले चुक्ता पुँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले अंकित मूल्य १ सय रुपैया दरको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो ।

तर, कूल १० करोड ९९ लाख १२९ कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । र, बाँकी रहेको ४ लाख ३८९ कित्ता हकप्रद सेयर संस्थापक सेयरधनीहरूलाई बिक्रीमा राखेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.