नेरूडे मिर्मिरे लघुवित्तमा भाँडभैलो, देशभरिका शाखामा तालाबन्दी

  २०८१ साउन ८ गते १०:५४     विकासन्युज

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाका कर्मचारीहरूले मंगलबार देशभरिका शाखा कार्यालय बन्द गरेका छत् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरू आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

लघुवित्तमा कार्यरत कर्मचारीहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्याएर बलियो बनाएपनि आफूहरूको योगदान र भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको आरोप छ ।

साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो ।

तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको महसुस भएको उनीहरूले बताएका छन् । त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।

लघुवित्त स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्यालले कर्मचारीहरूको विवाद समाधान गर्न चाहेका थिए । तर, सञ्चालक समितिका अध्यक्ष सन्तोष फुयाँलले कर्मचारीहरूको आन्दोलनलाई बेवास्ता गर्न भनेको स्रोतको दाबी छ ।

भिडियो हेर्नुहोस्: https://www.facebook.com/watch/?v=984651013384403

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.