साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस 

  २०८१ साउन ८ गते १६:३८     विकासन्युज

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

धितोपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धकसचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.