मदन पुरस्कारका लागि ५ पुस्तक छनाेट, पुरस्कार राशि कति ?

  २०८१ साउन ८ गते १९:०३     विकासन्युज

काठमाडौं । यस वर्षको मदन पुरस्कारका लागि ५ कृति छनोटमा परेका छन् ।

३०४ पुस्तकमध्येबाट पाँच कृति छानिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

उत्कृष्ट ५ मा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ छन् ।

यी ५ कृतिहरूमध्येबाट एउटालाई विसं २०८० सालको मदन पुरस्कार प्रदान गरिनेछ । २०७५ सालबाट मदन पुरस्कारको राशि ४ लाख रुपैयाँ रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.