कामना सेवा विकास बैंकको नाफामा ६३ प्रतिशत छलाङ, लाभांश क्षमता कति ?

  २०८१ साउन ९ गते ७:०३     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ६३ प्रतिशत बढेर ६० करोड ३२ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको नेट फि एण्ड कमिसन आम्दानी २६ करोड ९२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ, सञ्चालन नाफा ९७ करोड ८४ लाख रुपैयाँ गरेको छ । साथै बैंकका वितरणयोग्य नाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत वर्षको नाफाबाट बैंकले १०.९१ प्रतिशत नाफा (लाभांश) वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ । साथै बैंकले गत वर्ष ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी बढेर १८.३८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११.०१ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.६३ गुणा छ ।

तर, यस अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ३.०९ प्रतिशत खराब कर्जा रहेकोमा गत वर्ष बढेर ३.२१ प्रतिशत पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.