२०८१ साउन ९ गते ११:१७ विकासन्युज
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ ।
साउन ८ गते बसेको सञ्चालक समितिको २६औं बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत गरेकाे हो ।
कम्पनीको संस्थापक समूहअन्तर्गत सञ्चालक पदमा रहेका दुगडले व्यक्तिगत व्यस्तताका कारण देखाएर असार ३१ गते राजीनामा दिएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.