५ हजार घुस प्रकरण : पूर्वमन्त्री वीरेन्द्र महतोलाई कारबाही माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी

  २०८१ साउन ९ गते ११:२२     विकासन्युज

काठमाडौं । संसदमै ५ हजार घुस दिएर छोराको समकक्षता पत्र लिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् ५ हजार रुपैयाँ घुस दिएको बताएका सांसद महतोविरुद्ध बुधबार नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै समितिमा उजुरी दिएका हुन् ।

‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिने र दिनेलाई सजायको व्यवस्था छ । रिसवत दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुनबमोजिम कारबाही गरियोस्,’ अन्सारीले दिएकाे निवेदनमा उल्लेख छ ।

गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट पूर्ववनमन्त्री समेत रहेका महतोले छोराको समकक्षता लिन आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.