सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

  २०८१ साउन ९ गते १४:४९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै धैर्य रहन अनुरोध गरेका हुन् ।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ, नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु, अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ, यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका थिए ।

बुधबार बिहान सौर्य एयरलाइन्सको उक्त जहाज प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.