सेयर बजार २७ अंकले घट्यो, कारोबार १६ अर्ब नाघ्याे

  २०८१ साउन ९ गते १५:२४     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार नेप्से परिसूचक २७.३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ ।

यस दिन ४६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबार ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको कारोबार हुँदा अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाए भने समृद्धि फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाए ।

यस दिन सबैभन्दा धेरै गुमाउनेमा चिरख्वा हाइड्रोपावरका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.