विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्यको अवस्था खतरामुक्त

  २०८१ साउन ९ गते १६:५३     विकासन्युज

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

काठमाडौं मेडिकल कलेजका अनुसार बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९-एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था खतरामुक्त रहेको हो ।

शाक्यको मेरुदण्डको अपरेसन गरिएको छ । यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेसन गर्नुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.