डलरको मूल्यले बनायो नयाँ रेकर्ड, अन्य देशको पनि बढ्यो

  २०८१ साउन १० गते ६:४२     विकासन्युज

काठमाडौं । डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । यसअघि सबै रेकर्ड तोड्दै बिहीबार डलरको मूल्य बिक्रीदर १३४.२६ रुपैयाँ र खरिददर १३३.६६ रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि हिजो बुधबार हालसम्मकै उच्च बिक्रीदर १३४.२१ रुपैयाँ र खरिददर १३३.६१ रुपैयाँ थियो ।

आज युरोपियन युरो एकको खरिददर १४४.८९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.५४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५२ रुपैयाँ र बिक्रीदर १७३.३० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.९७ रुपैयाँ र बिक्रीदर ९७.४१ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ तोकिएको छ ।

यसअघि हिजो बुधबार युरोपियन युरो एकको खरिददर १४५.१९ रुपैयाँ र बिक्रीदर १४५.८४ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.४८ रुपैयाँ र बिक्रीदर १७३.२५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.५१ रुपैयाँ र बिक्रीदर ८८.९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.१२ रुपैयाँ र बिक्रीदर ९७.५६ रुपैयाँ थियो ।

यस्तै, कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६० रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.