नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो कर्जाको ब्याजदर

  २०८१ साउन १० गते ७:५४     विकासन्युज

काकाठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जाको ब्याजदर घटाएको छ । बैंकले १० दिनमै हायर पर्चेज ईभी लोन र सेयर कर्जाको ब्याजदर घटाएको हो ।

बैंकले यी प्रकारका कर्जामा प्रिमियम दर घटाएको हो । बैंकका अनुसार हायर पर्चेज ईभी लोनमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । यसअघि बैंकले सोही कर्जामा १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने गरेको थियो ।

यस्तै सेयर मार्जिन लोनमा बैंकले १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएको छ । यसअघि बैंकले सो कर्जामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम शुल्क लिने गरेको थियो ।

अन्य प्रकृतिका कर्जामा भने गत असार ३१ गते सार्वजनिक गरेको प्रिमियम दर नै लागू हुजे बैंकको भनाइ छ । बैंकको आधार दर ७.६९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.