नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प

  २०८१ साउन १० गते ८:२१     विकासन्युज

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तका कर्मचारीहरूले आज (साउन १० गते)चौंथो दिन पनि आन्दोलन जारी राखेका छन् । गत साउन ७ गतेदेखि आन्दोलित कर्मचारीहरूका माग सुनुवाई नभएपछि आजपनि आन्दोलन गर्दै देशभरिका शाखा कार्यालय ठप्प पारेका हुन् ।

फिल्ड कर्मचारीहरूले आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयसहित हिजो तेस्रो दिन (साउन ९ गते) केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तर, बिहीबार भने केन्द्रीय कार्यालय आंशिक रूपमा खुला राखेर अन्य सबै शाखा पूर्ण रूपमा बन्द गरिएको आन्लोलनरत एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए ।

‘आज आन्दोलनको चौंथो दिनमा पनि सबै शाखा कार्यालयमा तालाबन्दी छ, कर्मचारीहरूका माग सम्बोधन गर्न सञ्चालक समिति र व्यवस्थनापन टिमले चासो दिएको छैन, यखि यही अवस्था रहिरह्यो भने आन्दोलन अझै चर्काउँछौं,’ एक कर्मचारीले भने ।

आन्दोलनमा मिर्मिरे लघुवित्त कर्मचारी संगठनले समेत ऐक्यबद्धता जनाएको छ । मनोबल खस्किने गरी पद घटुवा गरेपछि लघुवित्तमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका हुन् । साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.