अस्पतालले भन्याे- पाइलट शाक्यको ३ वटा करङ भाँच्चिएकाे छ

  २०८१ साउन १० गते १८:१५     विकासन्युज

काठमाडौं । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

अस्पतालका निर्देशक प्राडा। मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताएकी छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ । शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो ।

‘क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ, उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ भाच्चिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले विमान दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हर्दिक समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.