कीर्तिपुरका नगर प्रमुख नकर्मीको स्वास्थ्य अवस्था गम्भीर

  २०८१ साउन १० गते १८:२७     विकासन्युज

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ ।

नगर उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा नगर प्रमुख नकर्मीको उपचार भइरहेको छ । शाक्यले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिइन्।

मिर्गौलामा समस्या देखिएपछि नकर्मीले नियमित डायलायसिस गराउँदै आउका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.