२०८१ साउन ११ गते ७:१४ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ को नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिको मस्यौदा पारित गर्न गभर्नर महाप्रसाद अधिकारीले बोर्ड (सञ्चालक समिति)को बैठक आज शुक्रबार बिहान ८ बजे डाकेका छन् ।
राष्ट्र बैंक बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामा छलफल गरी पारित गर्नेछ । बोर्ड बैठकले पारित गरेपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थियो । तर, सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.